एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दै हुनुहुन्छ ? आजदेखि शुल्क लाग्ने

काठमाडौँ– आज (बिहिवार) बाट एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि निःशुल्क गरेको उक्त सेवा प्रयोगबापत आजदेखि शुल्क लाग्ने भएको हो ।

आजबाट बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।

यसअघि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् ।

तर गत चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गरेकाे बन्दाबन्दी देखिहालसम्म अन्तर बैंक एटीएम निशुल्क रुपमा प्रयोग हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?