प्रधानमन्त्रीको निर्देशन- ‘सूर्य चिन्ह हामीले नै पाउँछौं, निर्वाचन केन्द्रित हुनु’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफूहरूले नै पाउने बताएका छन् ।

बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले  चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका हुन् । छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको छ ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिएका छन् ।

उनले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार आधिकारिक नेकपा आफुहरु नै भएको स्पष्ट पारेका छन्। बैठकमा हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण र बैठकहरूले पार्टीको पक्षमा सोचेभन्दा बढी लहर आइरहेको बारेमा चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?