काठमाडौं । आफ्ना नेता कार्यकर्ताहरु गिरफ्तार परेपछि प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आन्दोलनको घोषणा गरेको छ ।
केन्द्रीय सचिवालयका नेता कन्चनलाई पार्टीको काममा खटिरहेको अवस्थामा पक्राउ गरेको भन्दै विप्लव समूहले आपत्ति जनाएको छ । त्यस्तै व्यूरो सदस्य विवेक र विशाल लगायतलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
जनताको अधिकार हनन, भ्रष्ट्राचार, दलाली, कमिसनखोरी, तस्करी तथा राष्ट्रघातका विरुद्ध संघर्ष गरिरहेका पार्टीका नेता कार्यकर्ताहरुलाई खोजी खोजी पक्राउ साथै हिरासतमा राखी यातना दिनु राजनीतिक व्यवस्थाको धज्जी उडाएको पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।
त्यसैको विरोधस्वरुप माघ ३ गतेदेखि देशभर विरोधका कार्यक्रमहरु घोषणा गरेको छ । जसअनुसार माघ ३ गते देशभर विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, माघ ७ गते विरोध प्रदर्शन, माघ ९ गते मसाल जुलुस १० गते नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया