पृथ्वीमा कति सुन बाँकी छ ? जूनमा पनि सुन ! (भिडियो)

काठमाडौं । सुनका अनेक फाइदा छन् । पहिलो त, यसलाई सुरक्षित लगानीका रुपमा राख्न सकिन्छ । अर्को, यसलाई सामाजिक प्रतिष्ठाको प्रतीकका रुपमा लिइन्छ । अझ, विभिन्न विद्युतीय उपकरणहरु निर्माण गर्दा पनि सुन अनिवार्य रुपमा प्रयोगमा आउँछ । तर, यो निश्चित र सीमित स्रोतबाट आउने भएकाले कुनै न कुनै दिन पृथ्वीमा यसको मात्रा अवश्य पनि सकिनेछ ।

पिक गोल्ड अर्थात् त्यो विन्दू जब मानिसले पृथ्वीबाट निकाल्नसक्ने जति सुन निकालिसकेको हुन्छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा कूल ३ हजार ५ सय ३१ टन सुन उत्पादन गरियो जुन सन् २०१८ भन्दा १ प्रतिशत कम हो ।

वल्र्ड गोल्ड काउन्सिलका प्रवक्ता हेना ब्रान्डस्टेटर भन्छिन्, ‘सुन खानीबाट प्राप्त हुने सुनको मात्रा झन्झन् घट्दै गइरहेको छ र नयाँ खानीहरु आविष्कार पनि हुन सकेको छैन । यति हुँदाहुँदै पनि हामी ‘पिक गोल्ड’मा पुगिसक्यौं भन्नु चाहिँ अलि हतार हुन्छ ।’

विज्ञहरुका अनुसार ‘पिक गोल्ड’मा पुगिसके पश्चात्का केही वर्षसम्म पनि सुन उत्पादनमा नाटकीय ढङ्गले कमी भने हुने छैन । यसको असर केही दशकपछि मात्र अनुभव गरिनेछ । मेटल्सडेली डट कमका रस नोर्मन भन्छन्, ‘खानीको उत्पादन स्थिर छ वा भनौं उँधो गइरहेको छ तर, तीव्र गतिमा होइन।’

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?