हेर्नुहोस् २०७७ साल माघ २ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ ०२ गते । शुक्रवार । इ.स.२०२१ जनवरी १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– द्वितीया,०८ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–धनिष्ठा,३० बजे ४४ मिनेट उप्रान्त शतभिषा । योग– सिद्धि,२२ बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण–कौलव,०८ बजेर ५४ मिनेट उप्रान्त तैतिल,२० बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर,१८ बजेर २५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २९ मिनेटमा । दिनमान २६ घडी १८ पला । राष्ट्रिय भुकम्प दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कामगर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढिला सुस्तिको चपेटामा परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले बिलम्ब हुन सक्छ । तरपनि व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागि उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारको शिलशिलामा लामो दूरीको यात्राको अधिक सम्भावना रहेको छ भने व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत् मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ आरम्भ गर्न सकिनेछ । पुराना थाँति रहेका कामहरु सम्पादन हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा अग्रजबाट सहयोग नपाईने हुनाले व्यापार व्यवसायमा लगानी गर्न सकिनेछैन । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । जोखिम मोलेर काम नगर्नु नै राम्रो रहनेछ । सरकारि तथा प्रशासनिक कामबाट घाटा हुनेछ । माया प्रेममा मनमुटाव बढ्ने तथा धोका हुनेछ । उधारो कारोबार नगुर्न नै राम्रो रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेकोछ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तरपनी कृषि,पशुपालन तथा पुर्ख्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहँदा नचाहँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार होईनेछ । छिटो बोल्दा वा निर्णयहरु गर्दा परिस्थिती बिग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय मध्यम रहेकोले पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार व्यवासय फस्टाएर जानेछ । लामो दूरीको यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुबा तथा अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साँझपख लामो दूरीको यात्रा हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?