काठमाडौं । ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सापकोटाले मंगलवार राति ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया