फाइनान्स र उत्पादनमुलक कम्पनीका शेयरमा झुम्मिए लगानीकर्ताः बजार १८.८१ अंकले बढ्यो

काठमाडौं । बिहिवार नेपाल स्टक एक्सचेन्ज १८.८१ अंकले बढेको छ ।

यस दिन ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै बिहिवार १ करोड ३२ लाख ८९ हजार ८ सय ४९ कित्ता शेयर किनबेच भएको नेप्सले जनाएको छ ।

यस दिन सबैभन्दा बढी वित्त कम्पनीहरुको कारोबार भएको छ । वित्त कम्पनीहरुको कारोबार ४.७५ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, उत्पादनमुलक कम्पनीहरुको कारोबार ४.२३ प्रतिशतले बढेको छ ।

लघुवित्त कम्पनीहरुको २.७४ प्रतिशत कारोबार वृद्धि भएको छ । बिहिवार बैंकिङ र होटल बाहेक अरु सबै समूहका कारोबारमा सुधार आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?