सेञ्चुरी कमर्सियल बैंकको नवौँ र दशौँ साधारण सभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दशौँ वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।

बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ ÷७६ र २०७६÷७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ ।

त्यस्तै साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालू आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्व र कर्जा रकम ६६.९३ अर्व परिचालन गरी २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?