केजीएफ च्याप्टर-२ को टीजर सबै प्लेटफर्मबाट हटाउन नोटिस जारी

काठमाडौं । अभिनेता यशको अपकमिङ फिल्म केजीएफ च्याप्टर २ यूट्युबमा ट्रेन्टिङ १ मा रहेको छ। अहिलेसम्म यसको टीजर १४८ मिलियन भन्दा धेरैले हेरिसकेका छन् ।

यसको टीजर अभिनेता यशको जन्मदिन भन्दा एक दिन पहिला रिलीज भएको थियो । तर अब यशले आफ्नो फिल्मको टीजर सबै सोसल मिडिया प्लेटफर्ममबाट हटाउन पर्न सक्नेछ । किनभने फिल्मको टीजरमा यशको एक स्मोकिङ सीन देखाइएको छ ।

जसलाई लिएर कर्नाटक स्टेट एन्टी टोबैको सेलले फिल्ममा हीरो यश, डाइरेक्टर प्रशान्त नील र प्रोड्यूसर विजय किरगंदूरलाई मुद्दा हालेका छन् ।

नोटिसमा फिल्म टीजरमा मेकर्सले एन्टी स्मोकिङ वार्निङ म्यासेज नदिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?