पीएम कप भोलिबाट

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता भोलि (शुक्रवार) बाट शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप शुरु हुनेछ । टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ ।

पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

एपीएफ टिम –शरद भेषवाकर, वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ, अभिनास बोहरा

प्रदेश-१ – सिद्धान्त लोहनी, फिर्दोस अंसारी, मनिस थापा, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल, जोसाक खड्का, विवेक मेहेता, मनोज तामाङ, ज्ञानेन्द्र श्रेष्ठ, हेमन्त राई

कर्णाली प्रदेश – रविन्द्र जंग शाही, निष्क्षल रावल, दिवान बाबु पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमान्शु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह, अभिषेक बम ठकुरी

गण्डकी प्रदेश – विपिन खत्री,अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे,अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल,अर्जुन कुमाल,विशाल पौडेल,विष्णु पाण्डे,दिनेश बुढा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?