सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसमका कारण पर्वत हिँडेका सभापति देउवा सवार हेलिकप्टर खोरखामा आकस्मिक अवतरण गरिएको हो ।

गोरखाको पालुङटार आँपपिपल भन्ने ठाउँमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन पर्वत जाँदै गर्दा हेलिकप्टर आकस्मिक अवतरण गरिएको स्रोतले जनाएको छ ।

 

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?