चन्द्रागिरी हिल्सको आइपीओेमा १५ गुणा बढी आवेदन

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्राथमिक शेयर(आइपीओ) मा साढे १५ गुणा बढी आवेदन परेको छ ।

मंगलवारसम्म यस कम्पनीको आइपीओमा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

मंगलवार साँझ ५ बजेसम्म १२ लाख ५१ हजार १० जना लगानीकर्ताको २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारणले आवेदन दिन पाउने १३ लाख ९६ हजार २२ कित्ताको १७.५३ गुणा बढी हो ।

चन्द्रागिरीले गत पुस २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियोे । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको क्ूल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?