काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग ल्याउन त्यति सहज भने छैन, जति बाहिर देखिएको छ । र यो कुरा अमेरिकी सांसदलाई पनि थाहा छ ।
जसका कारण रिपब्लीकनका १० जना सांसदले सीनेटमा समर्थन त जनाए तर यसमा सफलता हात लाग्न धेरै गाह्रो छ । यसका दुई कारण छन् । पहिलो थोरै समय, किनभने ट्रम्प अब राष्ट्रपतिको कुर्सीमा मात्र पाँच दिन नै रहनेछन् ।
दोश्रो प्रेसिडेन्ट इलेक्ट बाइडेनको नयाँ क्याबिनट गठन । डोनाल्ट ट्रम्प अब २० जनवरीको बिहान ११ बजे अर्थात् नेपाली समयानुसार रातीको ९ बजेर। १५ मिनेटसम्म अमेरिकाको राष्ट्रपति रहनेछन् । तर कतिपयले उनी १९ जनवरमिै ह्वाइटहाउस छोडेर फ्लोरिडाको आफ्नो महलमा शिफ्ट हुने बताइरहेका छन् ।
त्यस्तै तल्लो सदनमा यो पास भएको छ । तर सीनेटबाट यो प्रस्ताव पास हुन त्यति सहज छैन । किनभने त्यहाँ ट्रम्पको पार्टी रिपब्लीकनको बहुमत छ । महाअभियोग प्रस्तावका पासका लागि सीनेटमा दुई तिहाई बहुमत चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया