काठमाडौं । सरकारले कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।
सरकारले स्वीकृती प्राप्त खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निशुल्क वितरण गर्न ठूलो रकम आवश्यक पर्ने भएको भन्दै दातृ निकाय, विदेशी तथा विभिन्न व्यवसायीक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई रकम सहयोगका लागि अपिल गरेको हो ।
सरकारले गत कार्तिक २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्तो अपिल गरेको हो ।
“नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०७/२४ को निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृती प्राप्त खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समूहहरुलाई निशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवम् सामाजिक र परोपकारी संस्था एवम् फिलान्थ्रोपिक एशोसियसनलाई देहायको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्नका लागि नेपाल सरकार हार्दिक आह्वान गर्दछ ।” जारी सूचनामा भनिएको छ ।
साथै सरकारले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १७००१००१०२०६०००० मा जम्मा गर्न अनुरोध गरेको छ । साथै खातावालको नाममा कोष तथा नियन्त्रणको कार्यालय, त्रिपुरेश्वर र खाताको प्रयोजन कोभिड खोप भएको जनाएको छ ।
यसअघि नेपालमा कोरोना शुरु भएसँगै सरकारले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरी आर्थिक संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया