श्रीलंका-इंग्ल्याण्ड टेस्ट क्रिकेट शुरु

RSS
0
Shares

काठमाडौं । श्रीलंका र इंग्ल्याण्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा आज (बिहीवार) शुरु भएको छ ।

टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इंग्ल्याण्डका तीव्र गतीका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए ।

श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् ।

एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ ।

इंग्ल्याण्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए ।

गत मार्चमै हुनुपर्ने यो टेस्ट श्रङ्खला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन ।

यी दुई मुलुकबीच दुई टेस्टको श्रङ्खला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?