गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, १ जनाको अवस्था गम्भीर

काठमाडौं । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटबाट जन्ती बोकेर स्याङ्जातर्फ जान लागेको जिप दुर्घटनामा परेको हो ।

ग१ज ५०८६ नम्बरको उक्त जिपमा १३ जना यात्रु सवार रहेको बताइएको छ ।

जिप दुर्घटना हुँदा जिपमा सवार १३ जना घाइते भएका छन् । १३ जना मध्ये १ जना गम्भीर घाइते भएका कारण उनलाई पाल्पा अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकपथलाई जानकारी दिएको छ ।

जन्ती बोकेको जिप सडकबाट १८ मिटर तल खेसेको छ । दुर्घटनामा बेहुलाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?