काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तीनदिने भारत भ्रमणमा गएका छन् । बिहीवार बिहान परराष्ट्रमन्त्री ज्ञवाली भारततर्फ प्रस्थान गरेका हुन् ।
आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने बताइएको छ । यस्तै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिव र अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने छन् भने भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्ने छन् ।
भ्रमण सकेर नेपाली प्रतिनिधि मण्डल माघ ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया