काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
संसद विघटनपछि विभाजित नेकपाको उक्त समूहले आन्दोलन र भेटघाटलाई तीव्रता दिइरहेको छ ।
आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउनेबारे छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया