‘दि भ्वाइस अफ नेपाल’को जज परिवर्तन, आस्थाको ठाउँमा तिर्सना

काठमाडौं । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोचको रुपमा गायिका आस्था राउत नरहने भएकी छन् । राउतले यो बर्ष नभ्याएपछि उनको स्थानमा गायिका तिर्सना गुरुङलाई अनुवन्धित गरिएको छ ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतीमै शो छाडेको जानकारी दिए । ‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफु जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।

यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा गरिरहेका छन् त ? राजु भन्छन्– ‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्पर्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नैपर्छ भन्ने दबाब छैन ।’

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट नाउने निर्माण युनिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?