चीनमा कोरोनाबाट ८ महिनापछि एक संक्रमितको मृत्यु

काठमाडौं । चीनमा आठ महिनापछि कोरोना संक्रमणका कारण एक संक्रमतिको मृत्यु भएको छ ।

कोरोनाको उद्गमस्थल चीनमा कोरोना संक्रमणका कारण आठ महिनापछि एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

चीनको हुबे प्रान्तमा कोरोना संक्रमितका नयाँ केस बढिरहेका छन् । २० मिलियन जनसंख्या रहेको त्यहाँ आपतकालको घोषणा गरिएको छ । साथै कडा लकडाउन गरिएको छ । यहि प्रान्तमा ८ महिनापछि कोरोनाबाट संक्रमितको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?