घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।  महासंघले बिहीवार चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?