जितसँगै युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । जितसँगै युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा जिनोआलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्टस क्वाटरफाइनलमा पुगेको हो ।

Image
खेलको दोस्रो मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई २-० को अग्रता दिलाए ।

तर, खेलको २८ औं मिनेटमा जिनोआका सिबोराले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । खेलको ७४ औं मिनेटमा जिनोआका फिलिप्पोले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो ।

त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सब्सिच्युट खेलाडी हाम्जा नायक बने । उनले खेलको १०५ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३-२ को महत्वपूर्ण जित दिलाए ।

हाम्जा खेलको ८८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान छिरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?