भारतमा पहिलो दिन तीन लाखलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं । भारतमा देशभर पहिलो दिन तीन लाख मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

सरकारले यसको पूरा तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

राष्ट्रव्यापी अभियान भन्दा पहिला ३ लाख स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने बताइएको छ । १६ जनवरीमा भ्याक्सिनेशन शुरु गर्ने भनिएको छ भने त्यसका लागि देशभर २ हजार ९३४ वटा स्थान तयारी अवस्थामा राखिएको छ ।

एक केन्द्रमा करिब १०० जनालाई भ्याक्सिनेशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?