काठमाडौं । संसारलाई हेली धुमकेतुको बारेमा पहिचान गराउने वैज्ञानिक एडमण्ड हेलीले १७४२ मा आजकै दिन अन्तिम श्वास लिएका थिए ।
उनको नाम इंग्ल्याण्डका प्रसिद्ध खगोलविदमा आउँछ । उनको जन्म ८ नोभेम्बर १६५६ मा इंग्ल्याण्डको शोरडिचमा भएको थियो । उनका पिता साबुनको कारोबार गर्दथे ।
उनले अक्सफोर्ड यूनिभर्सिटीको क्वीन्स कलेजबाट ग्रेजुएशन गरेका थिए । पछि अक्सफोर्डबाटै मास्टर्सको डिग्री लिए । १७०५ मा उनले विश्वलाई हेली धुमकेतुको बारेमा बताएका थिए । पृथ्वीमा धेरै धुमकेतु छन्, तर हेली यस्तो धुमकेतु हो जसलाई खुल्ला आँखाले देख्न सकिन्छ ।
यसलाई हेर्नका लागि खासै उपकरणको आवश्यक पर्दैन । यो ७६ वर्षमा एकपटक देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया