सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाऔं : मुख्यमन्त्री भट्ट

RSS
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

उनले आज (बिहीवार) शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गरेका छन् ।

उनले प्रदेशवासीमा सामाजिक एवम् सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् । माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?