काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आतंकबाट नेपाली जनतालाई मुक्ति मिल्नुपर्ने बताएका छन् । माघी पर्वको अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना संदेश जारी गर्दै डा. भट्टराईले देशमा आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न जनतालाई थप शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
“नेपाल र छिमेकका प्राय: सबै जातिरसमुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस बर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् !”, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया