आजदेखि हलमा नयाँ चलचित्र, कुन कुन रिलिज हुँदैछन् ?

काठमाडौं । कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हल खुलेपछि पहिलो पटक नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउँदै छ। आजदेखी नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ र दक्षिण भारतीय चलचित्र ‘मास्टर’ प्रदर्शनमा आउँदै छ।

पुस १० गतेबाट नै सिनेमा हल खुले पनि नयाँ चलचित्र रिलिज हुन पाएको थिएन। यसअघि नै रिलिज भएका चलचित्रहरू नै अहिलेसम्म हलमा चलिरहेका थिए।

नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ। यसै चलचित्रमार्फत् करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले पनि डेब्यू गर्न लागेका छन्।

लकडाउनपछि पहिलोपटक नेपाली नयाँ चलचित्र हलमा रिलिज हुन लागेकाले पनि ‘एउटा यस्तो प्रेम कहानी’लाई चलचित्रकर्मीहरूले निकै चासो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?