काठमाडौं । सरकारले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जानकारी गराएको छ ।
आज देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले पनि थारुहरुको विशेष चाडको रुपमा रहेको माघीलाई सम्पूर्ण नेपालीले माघे संक्रान्ति मनाउने गरेको भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया