भारतले ८३ वटा अत्याधुनिक फाइटर जेट किन्दै

काठमाडौँ– चीन र पाकिस्तानसँग सीमा विवादका बीच भारतले इन्डियन एयरफोर्सका लागि ८३ वटा अत्याधुनिक फाइटर जेट विमान खरिद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको क्याबिनेट कमिटी अफ सेक्युरिटीको बैठकले यो निर्णय गरेको  भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘यो निर्णय देशका लागि गेम चेन्जर सावित हुनेछ । रक्षाको क्षेत्रमा यसले थप सफलता मिल्नेछ । लाइट कम्ब्याट एयरक्राफ्ट र १ ए तीव्र फाइटर तयार गर्नको लागि सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?