२०७७, २९ पुष बुधबार २१:११

ट्रम्पलाई महाभियोग लगाउने पक्षमा उनकै पार्टीका सांसदहरु


प्रकाशित मिति : २०७७, २९ पुष बुधबार २१:११

काठमाडौं– क्यापिटल हिलमा भएको हमलामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका देखिएको भन्दै अमेरिकाको तल्लो सदनमा उनीविरुद्ध महाभियोगका लागि भोटिङ हुने भएको छ ।

बीबीसीका अनुसार डेमोक्रेट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध संसदमा हमला गर्न सघाउ पुर्याएको आरोप लगाएको छ । जुन घटनामा ५ जनाले ज्यान गुमाएका थिए ।

उक्त घटनालाई लिएर ट्रम्पकै रिपब्लिकन पार्टीका सांसदहरु समेत महाभियोगका लागि डेमोक्रेट्सलाई सघाउन तयार भएका समाचारमा जनाइएको छ । हालसम्म ट्रम्पले हिंसाको जिम्मेवारी लिन इन्कार गर्दै आएका छन् ।

सदनमा डेमोक्रेट्सको बहमत रहेको छ । जसका कारण महाभियोग पारित हुने सम्भावना रहेको छ । त्यहाँबाट पारित भएपछि मुद्दा सिनेटमा पुग्ने छ भने ट्रम्पलाई दोषी ठहर्याउनका लागि दुई तिहाइ बहुमतको जरुरी पर्छ । जसका लागि १७ रिपब्लिकनको मत चाहिन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार २० सिनेट रिपब्लिकन सिनेटर राष्ट्रपति ट्रम्पलाई दोषी देखाउनका लागि तयार रहेका छन् ।

डिसेम्बर २०१९ मा पनि उनीविरुद्ध महाभियोग लागेको थियो । यद्यपी महाभियोग विफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस