सशस्त्र प्रहरीका एसएसपी र डिआइजीहरूको सरुवा र पदस्थापन, को कहाँ ?

काठमाडौं–  सशस्त्र प्रहरी बलले एसएसपी र डिआइजीहरुको सरुवा गरेको छ । सशस्त्रले प्रहरी नायब महानिरीक्षकहरू खड्ग बहादुर राई, प्रविण कुमार श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतमलाई सरुवा गरेको हो।

गौतम छिन्नमस्ता बाहिनी मूख्यालय महोत्तरी, राई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, श्रेष्ठ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, अर्याल पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डु, पौडेल मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा भएका छन् ।

त्यस्तै ६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुकोसमेत पदस्थापन गरिएको छ । पदस्थापन हुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभि कुमार खत्री, कुल बहादुर नेम्वाङ, दुर्गा प्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन् ।

यस्तै प्रहरी वरिष्ठ उपरीक्षकहरु रेशम कुमार थक्सु, प्रेम शाह, प्रेम ध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा र अञ्जनी कुमार पोखरेलको पदस्थापन गरिएको छ ।

त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रेमराज पोखरेल, इन्द्रराज कार्की, भेषबहादुर शाह, कृष्णराज पाठक र श्याम कोइरालाको सरुवा गरिएको छ । पोखरेलको बराह बाहिनी मुख्यालय सुनसरी, कार्की, गढीमाई बाहिनी मुख्यालय मकवानपुर, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट, पाठक सशस्त्र प्रहरी जवान तालिम शिक्षलय नौबस्ता बाँके र कोइराला राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?