‘ओलीको प्वाँख पलायो, जोकरले जस्तो कुरा गरे’ : प्रचण्ड (भिडियो)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गरेका छन् ।

बुधवार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताएका हुन् । पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि पछि ओलीले संसद विघटन गरेको आरोप दाहालले लगाए । उनले प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिदै आएको उल्लेख गर्दै ओलीकै ‘जोकर पन’को पछाडि लागेर निर्णय भए मुलुकमा ‘आँधीहुरी बतास’ आउने चेतावनी दिए । ओलीले पार्टीले काम गर्न नदिएर संसद विघटन गरेको भन्दै झुट बोलेर जनतामा भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप दाहालले लगाए ।

अध्यक्ष दाहालले अध्यादेश ल्याएर र नेकपा एमालेको पार्टी दर्ता गराउन लगाएर पार्टी फुटाउने प्रयास गरेका ओलीलेसंसद विघटन गरेर “घर मै आगो” लगाईदिएको दाबी गरे । संसद विघटन गरेर ओलीले इतिहासमा नै कलंकको टिका लगाएको दाबी उनले गरे ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “पोलिटिकल जोकर”को संज्ञा दिएका   छन् ।
उनले भने “नौटंकी प्रहसन भईईरहेको देख्नुभएको छ । यो विक्षिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ । कहिलेकाही साथीहरु विक्षिप्त भएछन् कि भन्ने डर लाग्छ उनीहरुको तर्क सुन्दा । कहिलेकाही साथीहरु जोकरमा परिणत हुनुभएछ क्यारे जस्तो लाग्छ । पोलिटिकल जोकर । जोकर जस्तो लाग्छ । ४ सय ४१ जनाको केन्द्रीय समिति, सय जना जुटेर ११ सय जनाको केन्द्रीय समिति बनायौ भन्ने यो नौटंकी नभए के हो यो ? यो नेपालमा प्रहसन देखाउन खोजेको नभए के चाही हो यो ? यो विक्षिप्त र बहुखुलाहट मानसिकताको उपज नभए के हो ? भनेर हामीले प्रश्न किन नगर्ने ? ”

लोकतन्त्र र राष्ट्रहित विपरित संसद विघटन गरेर प्रधानमन्त्री ओलीले “आईएम त स्टेट” भन्दै संबै संबैधानिक निकायलाई आफु अनुकुल निर्णय गराउन उद्ध्त रहेको आरोप अध्यक्ष दाहालले लगाए । पार्टीभित्र र संसदमा आफ्नो समर्थन गुमाएपछि ओलीले अस्वभाविक ढंगले वक्तव्यवाजी गर्न थालेको आरोप उनले लगाए  ।
उनले भने, “सचिवालयमा बहुमत छैन उहाँको । स्थायी र केन्द्रीय समितिमा दुई तिहाई बहुमत उहाँको विरुद्ध छ । सांसदहरुको वहुमत उहाँको विरुद्ध भईसकेपछि त म भएत हेर्नुहोस् देख्ने वित्तिकै राजीनामा दिईहाल्थेँ । त्यो लोकतन्त्रको हितमा हुन्थ्यो । राष्ट्रको हितमा हुन्थ्यो । मैले छोड्नु पर्यो भने कुर्सी सुर्सी भाँचेर छोड्छु । हामीलाई लागेको थियो कुर्सी मात्रै भाँचियो भने त अर्को बनाउला भन्ने लागेको थियो । संविधान नै भाँचकुच । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँचकुच गर्ने अनि राष्ट्र नै भाँचकुच गर्ने स्थिति आयो । अझै उहाँ हासी हासी भन्नुहुन्छ । देश र संविधान वरबात भईरहेका बेला ,संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा परिहेका जितेको विजेता जस्तो गरि खुसी भएर । उहाँको नृत्यलाई ताण्डव नृत्य जस्तो लागेको छ । भांङ खाएर नाचेको जस्तो के ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?