आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छाको यी औषधि प्रयोग गर्नुहोस् (टिप्ससहित)

लोकपथ
0
Shares

काठमाडौं – के तपाईको आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? धेरै मानिसहरुको साझा समस्या हो, आँखा वरिपरीको कालो धब्बा अर्थात् ‘डार्क सर्कल’ । केहिको वंशानुगत गुण भएतापनि धेरैजसो हावापानी, खानपान, धेरै तनाव लिनु, अनिद्रा र छालाको कारण डार्कसर्कल देखिन्छन् । केहि मानिसहरु भन्छन्, ‘यो दाग कहिले बढी देखिन्छ, कहिले घटी ।’ आँखा वरिपरि देखिने निलो र कालो जस्तो यो रङ अर्थात् ‘डार्क सर्कल’ ले सुन्दरतालाई नै बिगारेको हुन्छ ।

चिकित्सकहरु भन्छन्, ‘भिटामिनयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ । भान्छामा भिटामिन सी युक्त खानेकुरा पछि नछुटाउनुहोस् ।

डार्क सर्कल हटाउन केहि उपयोगी टिप्सहरु निम्नानुसार छन् ।

आलुलाई मसिनो पारेर पिसेर त्यसको लेप पनि प्रयोग गर्नहोस् । यो नियमित प्रयोग गर्नुपर्छ । तर आलुको लेप लगाउँदा आँखा चिम्म गरेर अर्को व्यक्तिको सहारा लिनुहोस् ।

गोलभेंडा र कागतीको रस करिब एक चम्चा दिनमा दुई पटक डार्क सर्कलमा लगाएर आँखा बन्द गरी आराम गर्नुहोस् ।

गोलभेँडाको रस :
गोलभेँडाको रससँग पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा पनि डार्क सर्कल क्रमिक रुपमा हराएर जान्छ ।

सुन्तलाको बोक्रा :
सुन्तलाको बोक्रालाई राम्ररी घाममा सुकाएर धुलो हुनेगरी पिस्नुहोस् । अब त्यो पाउडरलाई थोरै गुलाफ जल मिसाएर नियमित कालो घेरामा लगाउनुहोस् ।

पुदिनाको पात :
पुदिनाको पातलाई पिसेर आँखा वरिपरी लगाउने गर्दा पनि राहत मिल्छ ।

बदामको पेस्ट :
पाँचवटा बदामलाई मसिनो गरेर पिसी थोरै दुध मिसाएर पेष्ट बनाई डार्क सर्कलमा नियमित लगाउने गर्नाले पनि दाग हट्छ ।

क्रिम आँखाको वरिपरि लगाउने :
दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस् । हर्बल र आयूर्वेदिक क्रिमहरुको प्रयोग राम्रो मानिन्छ ।

खानेकुराको सेवन :
अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले यस्ता खानेकुराको सेवन गर्दा डार्क हट्छ ।

चिसो दूधको लेपले पनि कालो घेरा हट्न सक्छ :
तपाईको पनि यस्ता समस्या छन् भने तिनलाई वेवास्था गर्नु वा क्रिम पाउडरको सहायताले छोपेर हिड्नुभन्दा आफ्ना भान्छामा भएका यी कुराहरुको प्रयोगबाट लाभ लिन चिकित्सकहरु सुझाउँछन् ।

यसरी हटाउन सकिन्छ आँखा वरिपरि देखिने कालो धब्बा :

गुलाव जल कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस् र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस्
काँक्रो काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ ।

ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँखा वरिपरि करीब १०–१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुहोस्

टमाटर टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुहोस् । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुहोस्

आलु: आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुहोस् । त्यसलाई बन्द आँखामाथि १५–२० मिनेटसम्म राख्नुहोस्। केही समय पछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ

पुदिना :  पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुहोस् । करिब १०–१५ मिनेट पछि सफा पानीले पखाल्नुहोस् । यसले आँखाको ‘डार्क सर्कल’ हटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?