२०७७, २९ पुष बुधबार १७:५४

एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न


प्रकाशित मिति : २०७७, २९ पुष बुधबार १७:५४

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज (बुधबार) कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत् सञ्चालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले बैंकले अधिकृत पूँजी १६ अर्बबाट वृद्धि गरी .२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस