प्रधानमन्त्रीको कदम विरुद्ध अनेरास्ववियूको प्रदर्शन, देखाईयो कार्टून !

लोकपथ
0
Shares

काठमाडौं – प्रचण्ड – नेपाल पक्षको नेकपा निकट अनेरास्ववियूले प्रधानमन्त्रीको संसद विघटनको कदमका विरुद्ध सडकमा ‘कार्टून प्रदर्शन’ गरेको छ।

आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रम अन्तर्गत काठमाडौंको कमलादीस्थित डवलीमा भएको विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई ब्यङ्ग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टूनहरुलाई संकलन गरी प्रदर्शन गरिएको थियो ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतका अनुसार ‘प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छ’ भन्दै प्रधानमन्त्रीको कदम विरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा संविधान माथि को रै’छन् ? केपि ओली पो रै’छन् लगायतका नारा लगाइएको थियोे ।

कार्यक्रममा प्रतिगमन नसच्चिँदासम्म आन्दोलन जारी रहने भन्दै चाँडै तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?