हार्ने चुनाव ओलीले गर्दैनन् भन्दै बाबुराम भट्टराईले लगाए यस्तो आरोप

लोकपथ
0
Shares

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराइले हार्ने चुनाव ओलीले नगर्ने बताउँदै चुनाव भएको अवस्थामा सबैले ओलीले चुनाव हार्छन् भनि रहेको अवस्थामा चुनाव नहुने बताएका छन् ।

कुनै पनि हालतमा चुनाव हुन्न । यो हिटलरी प्रवृति सडकबाटै फाल्नुपर्छ, उनले भने । जनता समाजवादी सानै भए पनि जिरे खुर्सानी छ भन्ने ओलीले बुझेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नक्कली राष्ट्रवादको खोल ओढेर सत्तामा पुगेको उनको आरोप छ । जो सँग लडे भन्ने भ्रम छरेर सत्तामा गएका थिए । केही दिनपछि सरकार भारत जाँदै छन् । यो सरकारले यसै पनि बेइमानी गरेको छ । संविधानमा लेखेको छ । प्रतिनिधी सभा विघटन भएपछि प्रधानमन्त्री हुन्न भन्ने छ, उनले भने ।

जसलाई हामी राष्ट्रवादी भन्दैछौं उसैले ठूलो खेलबाड गरेको उनको भनाई छ।

उनले प्रधानमन्त्री ओली प्रवृत्तिलाई पकेट मार प्रवृतिका संज्ञा दिएका छन् ।

प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म आफूहरु आन्दोलनमै रहने उनले बताए । प्रधानमन्त्रीको यो कदम विरुद्ध सबैलाई जुट्न समेत उनले आग्रह गरेका छन् ।

मानव अधिकार चोकबाट निस्केको जसपाको विरोध र्‍याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?