नेकपाका दुवै पक्ष ओली र प्रचण्ड-माधव समूहले निर्वाचन आयोगलाई जवाफ बुझायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।
प्रचण्ड–माधव समूह र ओली समूहले आज (बुधवार) निर्वाचन आयोगलाई जवाफ पठाएको हो ।

दुवै समूहबाट पत्र प्राप्त भएको बताइएको छ । पत्रमा के छ भनेर नखुलाइएको बतायएको छ ।

निर्वाचन आयोगले गत पुस २३ गते दुवै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?