नेपालमा कोरोना : थप ४४५ जनामा संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४१४ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ९७ हजार ९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?