२०७७, २९ पुष बुधबार १६:२२

प्रिमियर लिग : म्यानचेस्टर सिटी र ब्राइटन भिड्दै


प्रकाशित मिति : २०७७, २९ पुष बुधबार १६:२२

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र ब्राइटन भिड्दै छन् । सिटीले घरेलु मैदानमा ब्राइटनसँग भिड्ने छ । दुई टिमबीचको खेल नेपाली समय अनुसार ११:४५ बजे शुरु हुनेछ।

दुबै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिटी यस सिजन २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिटी घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लनेछ ।

ब्राइटन १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रतिक्रिया दिनुहोस