संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । संसद विघटन सम्बन्धी मुद्धा हेर्दा हेर्दैमा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइ जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ आगामी शुक्रवारका लागि तय भएको छ ।

त्यस्तै आजको इजलासमा रिट निवेदकतर्फबाट बहस गर्ने अधिवक्ताहरुले मुद्दाको फैसला संवैधानिक इजलाशबाट हुनुपर्ने माग जिकिर गरेका छन् । रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका अधिवक्ता रमन श्रेष्ठ, शम्भु् थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलाशको अधिकार क्षेत्रमा यो मुद्दा नपर्ने भएकाले पूर्ण बृहद इजलाशको माग गरे ।

आज भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए।

रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका हुन् ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले रिक्त संवैधानिक इजलासमा सपना प्रधान मल्ललाई सहभागी गराएका थिए ।हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?