काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले अब नन कोभिड सेवालाई पनि प्राथमिकता दिने भएको छ । नेपालमा कोरोना शुरु भएसँगै कोभिड डेडिकेटेड अस्पतालको रुपमा सेवा प्रवाह गर्दै आइरहेको थियो ।
बुधवार एक विज्ञप्ति जारी गर्दै अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले पूर्ववत् रुपमा नै नन कोभिड सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको निर्देशन अनुसार आगामी माघ ४ गतेबाट पूर्ववत रुपमै नन कोभिड सेवा सञ्चालन गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया