आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर घुस लिँदालिँदै पक्राउ

काठमाडौं । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।

मंगलवार दिउँसो आर्थिक लेनदेन भइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

साथै उनीहरुबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?