१२ असार २०७९, आईतवार

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

२०७४,आश्विन,१७,मंगलवार ०५:४४

9
Shares

पाल्पा, १७ असोज ।दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ ।सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर थापा र बोधि शाक्यको २५–२५ रनको मद्दतले ९४ रन बनाउन सफल भएको हो ।प्रोफेसनलका महेन्द्र सुवेदीले ४ विकेट, राजनमान शाक्य ४३ रन, महेन्द्र सुवेदीले ३२ रन र आनन्द कुमारले १५ रन बनाएर ५८ रनसहित विजय भएका हुन् । त्यस्तै, दोसो खेलमा आयोजक दमकडा क्रिकेट क्लबले मालुङ्गा क्रिकेट क्लब स्याङ्जालाई ६ विकेटले पराजित गरेको हो ।टस जितेर पहिलो ब्याटिङ गरेको मालुङ्गाले शक्ति बस्यालको ५३ र राजन श्रेष्ठको ३७ रनको मद्दतले १४८ रन बनाउन सफल भएको खेल संयोजक आदित्य पाण्डेयले जानकारी दिए ।दमकडाका गोपाल तिमिल्सेनाले ४ विकेट, श्रीधर भुसाल र प्रेम पाण्डेयले एक–एक विकेट लिएका हुन् । जवाफी ब्याटिङमा दमकडाका गोपाल तिमिल्सेनाले २७ बल खेल्दै ६१, मोहन भुसाल २६ र भुवनराज पाण्डेयले मात्र ८ बलमा २३ रन बनाएर १६ ओभरमा नै विजय हासिल गरेको खेल पत्रकार विजय बौडेलले बताए ।पहिलो खेलमा महेन्द्र सुवेदी र दोस्रो खेलमा गोपाल तिमिल्सेना म्यान अफ दी म्याच घोषित भएका हुन् । प्रतियोगिताको विजेताले रु ६० हजार र उपविजेताले रु ३० हजार पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कारको राशि बराबरको नगरपालिकाले सहयोग गर्ने बताए । क्रिकेट एशोसिएसन पाल्पाका अध्यक्ष राजेश श्रेष्ठले खेल क्षेत्रको विकासका लागि आफूले सहयोग गर्ने बताए । खेल असोज २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब, कपिलवस्तु, बुटवल युथ रुपन्देही, नयाँगाउँ रोयल्स क्लब, न्यू होराइजन, जनज्योति युवा क्लब रुपन्देही, मालुङ्गा क्रिकेट क्लब स्याङ्जा, स्याङ्जा युनाइटेड, प्रोफेसनल क्रिकेट क्लब, मिसन क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर र दमकडा क्रिकेट क्लबको सहभागिता रहेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५