ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन संसदमा बहस जारी : ट्रम्प भन्छन्-‘महाअभियोग ल्याउनु भयानक हुनेछ’

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्जमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउन महाअभियोगको प्रस्तावको बहस जारी छ । प्रस्तावमा ट्रम्पविरुद्ध हिंसा भड्काएको आरोप छ ।

गत बिहीवार संसद भवनमा ट्रम्प समर्थको हिंसामा ५ जनाको ज्यान गएको थियो ।

तल्लो सदनमा महा अभियोयोगको प्रस्तावबाट ट्रम्पलाई हटाउने बहस चलिरहँदा ट्रम्पले भने महाअभियोग ल्याउनु खतरनाक साबित हुने बताएका छन् ।

महाअभियोगमा बाइडेनले शपथ नलिउन्जेल राष्ट्रपतिको पद उपराष्ट्रपति माइक पेन्सले सम्हाल्न सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?