ओमनले पाउने भयो पहिलो क्राउन प्रिन्स

काठमाडौं । ओमनको संविधानमा महत्वपूर्ण संशोधन गरिएको छ । जसअनुसार देशमा पहिलो पटक क्राउन प्रिन्स (राजकुमार) को नियुक्ति गर्ने घोषणा गरिएको छ ।

यो घोषणा ओमनका सुल्तान हैथम बिन तारिक अल सैदले नयाँ कानूनमा आम नागरिकका लागि अधिकारमा स्वतन्त्रता दिएका छन् । यसमा पुरुष र महिलाको बीचमा समानता रहेको छ ।

एक वर्ष पहिले पूर्ववर्ती सुल्तान कबूस बिन सैदको मृत्युपछि हैथमले सत्ता सम्हालेका थिए ।

कबूसले ४९ वर्षसम्म ओमनमा शासन गरे । उनको कोहि सन्तान थिएनन् ।

जीवित रहँदै उनले आफ्नो उत्तराधिकारीको नाम घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?