‘एउटा यस्तो प्रेम कहानी’: शिव श्रेष्ठका छोरा र करिष्माकी छोरीको डेब्यु फिल्म (भिडियो अन्तर्वार्ता)

काठमाडौँ- कोरोना संक्रमणको जोखिम बढे सँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गतेदेखि खुल्दै छन् । यस सँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ ।

चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । नायक एवं निर्माता श्रेष्ठले यो चलचित्रको कथाबस्तु उत्कृष्ट रहेको बताएका छन् । यो चलचित्रमा उनका छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले मुख्य भूमिका निभाएका छन् ।

चलचित्रको प्रदर्शनका बारेमा  नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलाएमान हुने बताए ।

प्रस्तुत छ, निर्माता श्रेष्ठसँग गरिएको भिडियो अन्तर्वार्ता  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?