आईसीसीमा भोट : कोहली र इमरान खानको टक्कर, कसको राम्रो कप्तानी ?

काठमाडौं । आईसीसीको एक पोलमा बुधवार भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र पाकिस्तानका पूर्व कप्तान तथा अहिलेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टक्कर चल्यो ।

अन्त्यमा यो घम्साघम्सीमा इमरान खानले बाजी मारे । आईसीसीद्वारा बुधवार एक पोलको शुरुवात गरिएको थियो । जसमा कसको कप्तानीमा धेरै राम्रो प्रदर्शन भयो भन्ने बारेमा भोट मागिएको थियो ।

पोलमा कुल ५.३६ लाख भोट हालिएको थियो । जसमा ४७.३ प्रतिशत इमरान खान र ४६.२ प्रतिशत विराट कोहलीले पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?