संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलनलाई निरन्तरता, आज पोखरामा प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेको छ ।

बुधवार दिउँसो प्रतिनिधिसभा विघटन आदेश-खारेज गर भन्दै प्रदर्शन गरेको हो ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भटटराई नेतृत्व गरेको उक्त बृहत विरोध र्‍यालीमा ‘ओली तिम्रो पाराले दुख पाए साराले’ भन्ने नारा लगाएका थिए ।

संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?