भीष्मलाई वाणशैयामा देखेर किन हाँसिन् द्रौपदी !

काठमाडौं । महाभारतका जति रहस्य छन्, ति रहस्य खोतल्दै जाने हो भने हामीले धेरै पाउँछौँ । अनेकौं रहस्यहरुले भरिएको महाभारत । तिनै रहस्यमय कथा मध्यको एक कथा आज हामी तपाईलाई बताउनेछौँ ।

महाभारतको युद्ध अन्तिम चरणमा पुगेको बेला अम्बाले भीष्मको मृत्युको कारण बन्ने प्रतिज्ञा पूरा गर्न शिखण्डीको रूपमा पुनर्जन्म लिएकी थिइन् ।

भीष्मको शरीर अर्जुनका वाणहरूले भरिएको थियो । तर उनलाई इच्छामृत्युको वरदान मिलेको थियो ।

वाणको शैयामा पल्टिएर उनी महाभारतको युद्धको हेरिरहेका थिए ।

युद्धको नियमअनुसार सूर्यास्तपछि युद्ध रोकिन्थ्यो र सबै योद्धाहरू भीष्मको शैया नजिक जान्थे

भीष्मले उनीहरूलाई उपदेश दिने गर्दथे । एकदिन भीष्मले प्रवचन दिँदै गर्दा गम्भीर वातावरणका बीच द्रौपदी अचानक हास्न थालिन् । द्रौपदीको हाँसोले रिसाएका भीष्मले द्रौपदीसँग कारण सोधे ।

जवाफमा द्रौपदीले भीष्मलाई कौरवहरूको दरबारमा आफूमाथि गरिएको अमानवीय दुर्व्यवहारका बारेमा सम्झाइन् ।

भीष्मले स्पष्टीकरण दिँदै भने, ‘त्यतिखेर म कौरवहरूले दिएको अन्न खाएर बसेको थिएँ र जसको अन्न खाइन्छ, उसको विरोध गर्नु सही हुँदैन थियो । धृतराष्ट्र र दुर्योधन जस्ता अधर्मीहरूको अन्नले मेरो जिब्रो बाँधिएको थियो, त्यसैले म विरोध गर्न असमर्थ थिएँ । अहिले अर्जुनका वाणहरूले त्यो दूषित अन्नले बनेको रगत बगेर गइसक्यो र म प्रवचन गर्न योग्य भएको छु ।’

यो सुनेपछि द्रौपदीले भीष्मसँग माफी मागेकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?