अभिनेता सुशान्तको चिठी भाइरल

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतकी बहिनी श्वेता सिंह किर्तीले सोसल मिडियामा आफ्नो भाइ सुशान्तले लेखेको लेटर शेयर गरेकी छन् ।

यसमा अभिनेताले आफ्नो ३० वर्षको अनुभव शेयर गरेका छन् । श्वेताले क्याप्शनमा लेखेकी छन्, ‘भाईले लेखेको, यो सोच धेरै गहीरो छ ।’

सुशान्तले लेखेका छन्, ‘मलाई लाग्छ कि, मैले जिन्दगीको ३० वर्ष खर्च गरेँ, पहिले पहिलो ३० वर्ष केहि बन्ने कोशिसमा म हरेक चिज राम्रो बनाउन चाहन्थे, म टेनिस, स्कूल, र ग्रेड्समा राम्रो बन्न चाहन्थेँ, र मैले हरेक चिज त्यहि नजरले देखेँ, म जस्तो छु, त्यस्तै ठीक छु, तर मलाई राम्रो चिज मिलेपछि थाहा भयो कि, खेल गलत थियो, किनभने पूरा खेल त उसैलाई खोज्ने थियो, त्यो पहिल्यैबाट थियो ।’

अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको ७ महिना पूरा भइसकेको छ । उनले जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?